सफलता कसरी हत पर्ने

1. जीवन

जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ

2. हार नमान्नु 

– बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ

3. सफलता – असफलता 

– सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ

4. कठिनाइहरु

– जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न


5. आत्मविश्वास

– यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ

6. असम्भव

– यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ

7. गल्तिहरु

– यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ

8. शक्ति

– ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ,

यो पनि पढ्नुहोस् -  डा. योगी विकाशानन्दका उत्कृष्ट दस भनाइहरु:-

9. मेहनत

– हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ

10. महानता

– महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ

11. समय

– तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ

12. सोच

– वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपाइको सोचले यसमा Difference पैदा गर्दछ

13. सपना

– सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन

14. विश्वास

– विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ

15. सफलता

– टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ

16. प्रसन्नता
– यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउँछ ।।।

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...