Friday, 23 March 2018

सफल हुने चाहना कसलाई चै हुँदैन र




मानिस लाई सफल हुने चाह रहेको हुन्छ र यसको लागि मेहनत पनि गरिरहेको हुन्छ । तर कहिलेकाही सही मार्गनिर्देशनको कमिले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ । हामी तपाईको मेहनत त्यसै खेर जानुहदैन भन्ने पक्ष्यमा  छौ । त्यसैले सफलताको कामना सहित जीवनलाई कसरी सफल बनाउने भनेर हामीले दशवटा सुत्रहरु प््रास्तुत गरेका छौ । यी सुत्रहरुको प्रयोगले तपाईको जिवन साच्चै नै सफल हुनेछ ।

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

२. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।


३. धर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

६. सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् ।

७. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

८. ल्क्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

१०. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

…. सफलता तपाईको मुठ्ठीमा छ ।
बिमल तामाङ
Dxn pop Bimal tamang 

No comments:

Post a Comment

Thank you so much

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...